

धादिङ । थाक्रे गाउँपालिका–८ मा २३ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।प्रवेश गर्नेहरूमा कांग्रेस थाक्रेका नेता कपिन्द्र सुवेदी, यादब सुवेदी, उमेश सुवेदी लगायत रहेका छन् ।
नवप्रवेशीहरूले नेकपा एमालेले देशको विकास र समृद्धिका लागि निरन्तर काम गरिरहेको भन्दै आफूहरू गलत बाटो छाडेर एमाले रोजेको बताएका छन् ।
समाज विकास, देशप्रेम र नागरिक उन्नतिका एजेन्डा एमालेसँग मात्र सम्भव रहेको उनीहरूको भनाइ थियो। उनीहरूले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमालेमा प्रवेश गर्नेहरूलाई भूमि त्रिपाठीले स्वागत गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभियान एमालेकै नेतृत्वमा मात्र साकार हुने दाबी गर्नुभयो ।
उहाँले कृषिको व्यवसायीकरण, वैकल्पिक राजमार्ग निर्माण तथा काठमाडौं नजिकको केवलपुर–जिवनपुर क्षेत्रलाई व्यवस्थित सहरका रूपमा विकास गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो ।
उम्मेदवार त्रिपाठीले आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न एमाले दृढतापूर्वक लाग्ने बताउँदै नवप्रवेशीहरूलाई पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |