

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ मा उपचार सहयोग सिफारिस सम्बन्धी विषयलाई लिएर टिकटक भिडियो सार्वजनिक भएपछि विवाद सिर्जना भएको छ।
सिद्धलेक गाउँपालिका-१ कुसुन्डेकी अन्जना कसाईकी छोरी आयुस्मा कसाई जन्मजात मुत्राशय एक्स्ट्रोफी (Bladder Exstrophy) रोगबाट पीडित रहेको परिवारले जनाएको छ।
२०८० मंसिर १० गते जन्मिएकी बालिकाको काठमाडौंस्थित कान्ति बाल अस्पताल महाराजगञ्जको मेडिकल रिपोर्ट अनुसार शल्यक्रिया आवश्यक रहेको उल्लेख छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै वडा कार्यालयमा निवेदन दिएपछि सिद्धलेक गाउँपालिका-१ वडा कार्यालयबाट २०८१ वैशाख १३ गते र वैशाख २० गते नियमानुसार आर्थिक सहयोगको अपिल सहित सिफारिस पत्र जारी गरिएको वडा कार्यालयले जनाएको छ।
उक्त सिफारिस कार्यवाहक वडा अध्यक्ष भगवती तिवारीले जारी गर्नुभएको थियो ।
तर पछिल्लो समय ‘lostwithrc’ नामक टिकटक आइडी (rc.regmi10) बाट सार्वजनिक गरिएको भिडियोमा वडा कार्यालयबाट सिफारिस नपाएको भन्दै अभिव्यक्ति आएपछि विषय विवादमा तानिएको हो।
वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले भिडियोप्रति आपत्ति जनाउँदै आफू र वडा कार्यालयको बदनाम गर्ने उद्देश्यले भ्रामक सामग्री सार्वजनिक गरिएको दाबी गर्नुभएको छ।
“नियमानुसार सिफारिस जारी भइसकेको विषयलाई गलत रूपमा प्रस्तुत गरेर वडाको प्रतिष्ठामाथि प्रहार गरिएको छ,”उहाँले भन्नुभयो ।
यस भिडियोको विषयमा वास्तविकता बुझ्ने प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष लामाले बताउनुभयो।
आयुस्मा वास्तविक पीडित भएको र वडाबाट पनि सहयोगको लागि सिफारिस संगै अपिल गरिएकोले उहाँलाई आर्थिक सहयोग गर्न विभिन्न संघसस्था र व्यक्तिहरुलाई वडा अध्यक्ष लामाले आग्रह गर्नुभएको छ।
वडा बाट जारी भएको सिफारिसहरु

सार्वजनिक भिडियो…
@rc.regmi10





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |