

धादिङ । धादिङ क्षेत्र नम्बर १ को नेकपा एमालेका उम्मेदवार भूमि त्रिपाठीले आफू निर्वाचित भएपछि धादिङ जिल्लालाई कृषि हबको रुपमा विकास गर्न योजना बनाइने बताउनुभएको छ ।
मतदाता भेट्दै घरदैलो अभियानमा गल्छी गाउँपालिका वडा नम्बर ५ सिरुवानी, रैले, सागिने, पाल्चोक, दागार्चा, बायुगाउँ, टुक्टिङ, झाँक्रीटोल लगायतका स्थानहरुमा पुग्नुधएको एमाले उम्मेदवार त्रिपाठीले कृषिको व्यवसायिक विकास, किसानका उत्पादन लैजाने व्यवस्था एमालेले गर्दै आएको भन्दै आगामी दिनमा पनि कृषि, रोजगार, पर्यटन र विकासका लागि एमालेले काम गर्ने बताउनुभयो ।
पाल्चोक, सिरुवानी रैलेसम्म सडक पक्की बनाउने, पर्यटकीय क्षेत्रको विकासमा सघाउने, रोजगारीको क्षेत्रमा विशेष योजना बनाएर गाउँमा योजनाबध्द रुपमा कार्यक्रम ल्याउने पनि बताउनुभयो ।
मतदाताले गाउँगाउँ पुग्दा एमालेमाथी विस्वास रहेकोले गाउँगाउँमा आवश्यकता र समस्या तथा गुनासोहरु समेत गरेका छन् ।
नागरिकको गुनासो सम्बोधन गर्न एमाले मात्रले गर्ने उम्मेदवार त्रिपाठीको भनाइ छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |