

धादिङ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत धादिङ क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसका उम्मेदवार रमेश धमला फागुन १०, ११ र १२ गते उत्तरी हिमाली क्षेत्रस्थित रूबीभ्याली गाउँपालिका मा तीन दिने “मतदाता भेटघाट तथा घरदैलो अभियान” लिएर जाने कार्यक्रम तय भएको छ।
९ हजार २७२ जना मतदाता रहेको धादिङ–२ अन्तर्गत पर्ने रुबीभ्याली गाउँपालिका भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ।
उत्तरतर्फ तिब्बतसँग जोडिएको, पूर्वमा रसुवा र पश्चिममा गोरखासँग सिमाना जोडिएको यो गाउँपालिका सदरमुकाम धादिङबेसीबाट करिब ८० किलोमिटर टाढा पर्दछ। यहाँको भू-आकृति १,५०० मिटरदेखि ७,००० मिटरभन्दा माथिसम्म फैलिएको छ।
यस क्षेत्रको प्रमुख आकर्षण गणेश हिमाल हो, जसलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले पवित्र हिमालका रूपमा मान्यता दिएका छन्। साना–ठूला खोलानाला, हरियाली वन, जडीबुटी र जैविक विविधताले भरिपूर्ण रुबीभ्याली प्राकृतिक सम्पदाले सम्पन्न क्षेत्र हो।
धार्मिक रूपमा यहाँ बौद्ध, इसाई तथा हिन्दू धर्मावलम्बीहरूको बसोबास रहेको छ। गुम्बा, चर्च, चैत्य तथा अन्य धार्मिक स्थलहरूले धार्मिक पर्यटनको सम्भावना बोकेका छन्।
ल्होसारलगायतका पर्वहरू विशेष उत्साहका साथ मनाइन्छन्।
तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा तामाङ भाषा, भेषभूषा, तामाङ सेलो, लोकगीत र परम्परागत संस्कार–संस्कृति यहाँको पहिचान बनेका छन्। कृषि, पशुपालन र जडीबुटी संकलन यहाँका मुख्य परम्परागत पेशा हुन्।
पर्यटन विकासका दृष्टिले रुबीभ्यालीमा ट्रेकिङ, हाइकिङ, ग्रामीण होमस्टे, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने पर्याप्त सम्भावना रहेको विज्ञहरूको धारणा छ।
तर सडक, सञ्चार, स्वास्थ्य सेवा, आवास जस्ता पूर्वाधारको अभाव, प्राकृतिक विपद्को जोखिम तथा प्रचार–प्रसारको कमी प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
यही वस्तुस्थिति बुझ्दै उम्मेदवार धमला तीन दिनसम्म गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस निर्वाचन प्रचार-प्रसार समिति क्षेत्र नम्बर २ ले जनाएको छ।
अभियानका क्रममा स्थानीय समस्या, विकासका सम्भावना तथा जनभावना बुझ्ने उद्देश्य रहेको बताइएको छ।
भेटघाटका क्रममा समय अभाव वा अन्य कारणले प्रत्यक्ष भेट हुन नसक्ने मतदाताका लागि उम्मेदवारको मोबाइल नम्बर ९८५१०३११७९ तथा सामाजिक सञ्जालमार्फत पनि संवाद गर्न सकिने जनाइएको छ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २, धादिङले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को संकल्पसहित मतदातासँग सहकार्य र संवादको अपिल गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |