

धादिङ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बनेको छ।
यसक्रममा धादिङ क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार धनबहादुर घलेलाई साविक खाल्टे गाविस क्षेत्रमा स्थानीयले भव्य स्वागत गरेका छन्।
घलेले पूर्व गाविस उपाध्यक्ष रामबहादुर गुरुङको शालिकमा माल्यार्पण गर्दै पार्टीका अग्रजले देखाएको समृद्धि र परिवर्तनको मार्गलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उहाँले जनताबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने र विकासका काममा कुनै सम्झौता नगर्ने बताउनुभयो।
डाँडागाउँ, धुसेनी, पतेनी, पात्ले लगायतका स्थानमा मतदातासँग भेटघाट गर्दै घलेले स्वास्थ्य, खानेपानी र शिक्षा एमालेको प्राथमिकतामा रहेको उल्लेख गर्दै एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |