

धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीले चुनावी अभियानलाई तीव्रता दिनुभएको छ ।
उहाँले आगामी फागुन १५ र १६ गते नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम सार्वजनिक भएको छ।
पार्टीका अनुसार १५ गते बिहान ८ बजे किन्ताङ फेदीबाट सुरु हुने कार्यक्रम अन्तर्गत शिव मन्दिर, सापटारी, चापकुना, पन्तटार, राम्चे, निमार्चोक, लामीडाँडा, पोल्चेत, थला धारापानी, मार्पाक, पोखरा, ताङजोमाने, धाराधिरी, केउरा, माउत, टिकाढुङ, सेमजोङ, चौतारा र गैरा लगायतका स्थानमा छलफल गरिनेछ।
त्यसैगरी १६ गते वडा नम्बर ४ र ५ मा घरदैलो कार्यक्रम तय गरिएको छ।
स्थानीय विकास, पूर्वाधार विस्तार, खानेपानी, कृषि, पर्यटन र सडक सुधारलाई प्राथमिकतामा राख्दै मतदातासँग समर्थन माग्ने पार्टीले जनाएको छ।
उम्मेदवार भण्डारीले टोलस्तरको भेटघाटमार्फत आफ्ना एजेन्डा प्रस्तुत गर्ने तयारी गरिएको सचिवालयले जानकारी दिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |