

धादिङ- आसन्न निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय छन् ।
धादिङ क्षेत्र नम्बर २ का नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले आज नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ का विभिन्न बस्तिका नागरिकहरुसँग भेटघाट गर्नुभएको छ।
मतदाता भेटघाटका लागि घर आँगन आइपुगेका उम्मेदवार घलेलाई शुभकामना र आशिवार्द दिदै स्थानीयले मतको सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् ।
मतदान नागरिकको अधिकार रहेको भन्दै दिएको मत गाउँको विकास र समृद्धिको काममा प्रयोग गरेर गाउँमा विकास गर्नु पर्ने बताएका छन् ।
नीलकण्ठ नगरपालिकामा सडक सञ्जाल, विकास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै स्थानीयले मतदान गरेजस्तै विकास पनि हुनु पर्नेमा जोड दिएका छन् ।
उम्मेदवार घलेले पनि मतदाताले दिएको मतको सम्मान हुने गरि काम गर्ने बताउनुभएको छ ।
‘हरेक मतको सदुपयोग हुनेछ । बालकालिकादेखि युवा र वृद्धवृद्धासम्म नागरिकको चाहना र आवश्यकता हेरेर कानुन बनाउने र विकासमा नागरिकको जनजिवन फेरिने गरि काम गर्नेछु’ उहाँले भन्नुभयो- ‘संविधान सभा सदस्य बन्दा पनि धादिङको गरिमा उचो हुने गरि काम गरेको थिए । त्यो विश्वास र तपाईहरुको साथको फेरी पनि सम्मान हुने गरि काम गर्नेछ ।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |