


























धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६१ करोड २५ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाले शुक्रबार १९ औ गाउँसभा मार्फत नीति तथा कार्यक्रम र अनुमानित आय व्यय सार्वजनिक गरेको हो ।
आगामी आ.ब.को क्षेत्रगत बजेट विवरण अनुसार आर्थिक विकास अन्तरगत ४८ लाख प्रस्ताव गरिएको छ,जसको क्षेत्रगत विनियोजनमा कृषि बिकास तर्फ १५ लाख पशु विकास तर्फ १० लाख, सहकारी प्रबर्धन तर्फ ३ लाख, पर्यटन प्रबर्धन तर्फ १५ लाख, श्रम तथा रोजगारी सिर्जना तर्फ ५ लाख बिनियोजन गरिएको छ।
त्यस्तै सामाजिक विकास अन्तरगत कुल रकम ४ करोड ९० लाख प्रस्ताव गरिएको छ,जसको क्षेत्रगत विनियोजन अनुसार शिक्षा तर्फ ३ करोड, स्वास्थ्य तर्फ १ करोड ५० लाख, महिला बालबालिका तथा लक्षित समुह तर्फ २० लाख, युवा, खेलकुद तथा नवप्रर्वतन तर्फ १० लाख,जिविकोपार्जन उत्थानशीलता विकास तर्फ १० लाख छुट्टाईएको छ।
पूर्वाधार विकास अन्तरगत कुल रकम १३ करोड ४४ लाख रहेको छ। जसको क्षेत्रगत विनियोजनमा समपुरक अनुदान साझेदारी तर्फ ३ करोड ३० लाख, दायित्व स्थानान्तरण तर्फ ३ करोड, पालिकास्तरिय योजना तर्फ १ करोड ३७ लाख, सार्वजनिक निजी साझेदारी तर्फ ३५ लाख रहेको छ।
यसैगरी वडागत बजेट सिलिङ कुल रकम २ करोड ४५ लाख रूपैया प्रस्ताव गरिएको छ, जसको विनियोजन वडा नं. १ देखि ७ सम्म दामासाही रूपमा प्रति वडा रू ३५ लाख प्रस्ताव गरिएको छ।
यस्तै वातावरण तथा विपद् व्यवस्थापन अन्तरगत कुल रकम ४८ लाख प्रस्ताव गरिएको र क्षेत्रगत बिनियोजन अनुसार बिपद् व्यबस्थापन तर्फ रु ३५ लाख, जैविक विविधता संरक्षण तर्फ ३ लाख, फोहोरमैला व्यवस्थापन तर्फ १० लाख रहेको छ।
सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह सुशासन, संस्थागत बिकास तथा सेवा प्रबाह अन्तरगत कुल रकम रू ९ करोड ८८ लाख छ, जसको क्षेत्रगत विनियोजनमा कार्यालय संचालन तथा सेवा प्रवाह तर्फ ९ करोड २० लाख, शुशासन तथा संस्थागत बिकास तर्फ ६० लाख, न्यायिक समिति तर्फ ८ लाख प्रस्ताव गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को लागि बिनियोजित कुल बजेट ६८ करोड ४९ हजारमा जेष्ठ मसान्तसम्म चालुतर्फ ४३ करोड २१ लाख ६२ हजारमा खर्च २९ करोड ५६ लाख ८२ हजार र पुँजीगततर्फ २४ करोड ७८ लाख ८७ हजारमा ८ करोड ०७ लाख ८ हजार खर्च भएको छ।
यसरी अहिलेसम्म जम्मा ६८ करोड ४९ हजारमा ३७ करोड ६३ लाख ९० हजार खर्च भएको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले जानकारी दिनुभयो।
नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समृद्ध त्रिपुरासुन्दरी निर्माणको आधार तयार गर्ने गाउँपालिका अध्यक्ष राजु उप्रेतीले विश्वास व्यक्त गर्नुभयो।
सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यका साथ बजेट ल्याइएको उहाँको भनाइ थियो।
गाउँसभामा आर्थिक विधेयक,२०८३ (संसोधन समेत) तथा गाउँपालिकाको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि तयार भएको विनियोजन विधेयक,२०८३ समेत पेस गरिएको थियो।
बैठकले प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ भने प्रस्तावित बजेटमाथि थप छलफल तथा पारित गर्न गाउँसभाको अर्को बैठक असार ३० गते बस्ने तय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा अध्यक्ष राजु उप्रेतीले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष देवराज धरेलले बजेट विवरण प्रस्तुत गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |