


























धादिङ । थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा ‘जिन्दगी’ले बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये चालु खर्च ४० करोड ८० लाख रुपैयाँ र पुँजीगत खर्च ४३ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, विशेष, समपूरक तथा सशर्त अनुदानमार्फत करिब ४८ करोड ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै बागमती प्रदेश सरकारबाट करिब ८ करोड ९० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। गाउँपालिकाले आन्तरिक स्रोतबाट २६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
क्षेत्रगत बजेट विनियोजनअनुसार आर्थिक विकासतर्फ ७ करोड ७० लाख रुपैयाँ, सामाजिक विकासतर्फ ३४ करोड ५६ लाख ८० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २५ करोड ३ लाख ४५ हजार रुपैयाँ, कार्यालय तथा प्रशासनतर्फ १४ करोड ४७ लाख ६८ हजार रुपैयाँ तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ९९ लाख ६६ हजार रुपैयाँ छुट्याइएको छ।
गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले उत्पादनमुखी अर्थतन्त्र निर्माण, गरिबी न्यूनीकरण, सामाजिक न्याय, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा डिजिटल सेवा विस्तारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो ।
कृषि उत्पादन वृद्धि, साना सिँचाइ आयोजना, कृषि बीमा, युवा कृषि स्टार्टअप कार्यक्रम, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार तथा सडक, खानेपानीलगायत पूर्वाधार विकासका योजनालाई आगामी वर्ष विशेष प्राथमिकतामा राखिएको उहाँको भनाई छ ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनका क्षेत्रमा लगानी वृद्धि गर्दै समग्र स्थानीय विकासलाई गति दिने अपेक्षा गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |