























धादिङ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति धादिङको बैठकले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य तथा मनसुन आपतकालीन योजना-२०८३ स्वीकृत गर्दै सम्बन्धित सबै निकायलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो।
बैठकमा मनसुनका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्लाई मध्यनजर गर्दै स्थानीय तह, सरकारी कार्यालय, आयोजना तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको छ।
यस्तै विपद्का समयमा अत्यावश्यक सेवा प्रभावित हुन नदिन सम्बन्धित सेवा प्रदायक संस्था, जनशक्ति र स्रोतसाधन तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ।
समितिले विपद् सम्बन्धी सूचना आदान-प्रदान तथा उद्धार समन्वयलाई प्रभावकारी बनाउन नेपाल सरकारले सञ्चालनमा ल्याएको टोल–फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन नम्बर १०० को प्रचारप्रसार गर्ने निर्णय गरेको छ।
बैठकले विषयगत तथा क्षेत्रगत समूह (क्लस्टर) हरूलाई मनसुनजन्य विपद् व्यवस्थापनका लागि आ-आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।
यसैगरी अद्यावधिक गरी पेश गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य र मनसुन आपतकालीन योजना-२०८३ लाई स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ।
बैठकले धादिङबेसी-धुवाकोट हुँदै नेत्रावती डबजोङ गाउँपालिका जोड्ने सडकका विभिन्न स्थानमा पहिरोका कारण क्षति पुगेको भन्दै मर्मत सम्भारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय, हेटौँडासँग आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै वर्षात् र हावाहुरीका कारण विद्युत् पोल ढल्ने तथा प्रसारण लाइन अवरुद्ध हुने समस्या दोहोरिन सक्ने भएकाले समयमै मर्मत सम्भार गरी विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले धुनिबेशी नगरपालिकाको सिफारिसका आधारमा वृद्धाश्रम प्रयोजनका लागि प्रस्तावित सरकारी जग्गा लिजमा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय पनि गरेको छ।
समितिले उक्त क्षेत्र विपद्का समयमा आवश्यक नपर्ने निष्कर्ष निकाल्दै आवश्यक परे सोही कित्ताको बाँकी जग्गा प्रयोग गर्न सकिने जनाएको छ।
समितिले मनसुन अवधिभर सबै सरोकारवाला निकायबीच समन्वय, पूर्वतयारी, उद्धार र प्रतिकार्यलाई प्रभावकारी बनाउँदै जनधनको क्षति न्यून गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |