

काठमाण्डौ । नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।
असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ । सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावाँ भुक्तानी बढी गरेकाले कुल ऋणको आकार घटेको हो ।
यस अवधिमा सरकारले ६१ अर्ब ५ करोड नयाँ ऋण लिएको छ भने, ७० अर्ब १३ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।
कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०५ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।
जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डै ९ प्रतिशत अर्थात् ६१ अर्ब ५ करोड रुपैयाँ ऋण लिइएको छ ।
ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै ८२ प्रतिशत र बाह्य ऋणको हिस्सा १८ प्रतिशत रहेको छ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |