

दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ ।
मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ७९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
मृत्यु हुनेमा १५ देखि १८ वर्ष उमेर समूहका धेरै रहेका बीबीसीले जनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तअल्पता हुने जस्ता लक्षण देखिएका अरु तीन सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।
क्वांगो प्रान्तको प्रभावित क्षेत्र पान्जीमा उपचार तथा अनुसन्धानका लागि चिकित्सक तथा विशेषज्ञको टोली पठाएको मन्त्रालयको भनाइ छ ।
सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र महामारीजन्य रोग फैलिएकाले अवस्था चिन्ताजनक रहेको खबरमा उल्लेख छ । पान्जी ग्रामीण स्वास्थ्य क्षेत्र भएकाले औषधिको आपूर्तिमा पनि समस्या छ ।
प्रयोगशाला अनुसन्धानका लागि नमूनाहरू सङ्कलन गर्न दुर्गम क्षेत्रमा एउटा टोली पठाएको विश्व स्वास्थ्य सङगठन अफ्रिका क्षेत्रका एक अधिकारीले बताएका छन् ।
नागरिकहरुलाई नआत्तिन तथा सचेत र सतर्क रहन आग्रह डब्ल्यूएचओले गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |