

काठमाण्डौ । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन हुनुभएको छ।
बिराटनगरमा सम्पन्न १०औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय कार्य समिति चयन गरेको छ।
कार्य समितिको उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ।
चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै अध्यक्ष पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो।
यसैगरी अधिबेशनबाट प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा धादिङका श्रीहजुर सिलवाल (राजन) चयन हुनुभएको छ।
प्रेस चौतारी नेपाल धादिङको निवर्तमान अध्यक्ष समेत रहनुभएका सिलवाल केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।
२०७९ सालबाट पत्रकारिता सुरु गरेका सिलवाल धादिङका रेडियो, टेलिभिजन हुँदै बाह्रखरी, नेपालभ्यूज, थाहा संचार पछि हाल लगानीन्युजमा कार्यरत हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |