

धादिङ। नेपाल उत्पीडित जातीय मुक्ति समाज त्रिपुरासुन्दरी गाउँपालिका कमिटिको अध्यक्षमा राजकुमार वि.क. चयन हुनुभएको छ।
शनिबार सल्यानटारमा सम्पन्न पहिलो अधिवेशनले राजकुमार वि.क.को अध्यक्षतामा १८ सदस्यीय नयाँ कमिटि चयन गरेको हो।
कमिटिको उपाध्यक्षमा कृष्ण बहादुर वि.क., सचिवमा मोशन वि.क., कोषाध्यक्षमा रोहित गैरे,सहसचिवमा प्रेम वि.क. र ज्योती सुर्खेती चयन हुनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका स्थायी कमिटि सदस्य विष्णु बहादुर मिजारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रममा नेकपा एमाले धादिङका इन्चार्ज खेम लोहनी, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका इन्चार्ज उमेश थापा, प्रदेश कमिटि सदस्य शम्भु थापा, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिवाय सदस्य कुमार वि.क., केन्द्रिय सदस्य दिल बहादुर रम्तेल लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |