धादिङ १६ असोज
धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेविमा सम्पन्न खुल्ला दौड प्रतियोगितामा खनियाबासका बेगबहादुर तामाङ प्रथम भएका छन् ।
धादिङका प्रथम सहिद छेज्यु तामाङ स्मृतिमा गोम्पोङ समाजद्धारा आयोजना गरिएको १० किलो मिटर खुल्ला दौड प्रतियोगितामा ४९ मिनेटमा दौड पुरा गर्दै खनियाबास–३ का बेगबहादुर तामाङ प्रथम भएका हुन् ।
प्रतियोगितामा खनियाबास–४ का पारस तामाङ द्धितिय र खनियाबास–५ का सुजन तामाङ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमश नगद रु १५ हजार, १० हजार,५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
प्रतियोगितामा ४४ जना सहभागि भएका थिए। प्रतियोगितामा सहभागि सबैलाई पूर्व मन्त्री दिलमान पाख्रिनले १÷१ हजार प्रदान गर्नुभएको थियो।
सभापति रेकमान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङ, वडा अध्यक्ष रबिन कुमार तामाङको बिशेष आतिथ्य रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |