

धादिङ । धादिङको गजुरी गाउँपालिका-५,गलौदीमा रहेको रुवी बेभरेज प्रा.लिमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो क्षति पुगेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण उद्योगको संरचना तथा पानी प्रशोधनमा प्रयोग हुने उपकरण तथा सामाग्री र संरचनामा गरी करिब २ करोड ७० लाख रुपैयाँ बराबरको क्षति भएको रुवी बेभरेज प्रा.लिका सञ्चालक तिलक सिंखडाले जानकारी दिनुभयो ।
बाढीपछि उद्योगको अधिकांश संरचना लेदोले पुरिएको अवस्थामा छ । उद्योगमा रहेका एक हजारभन्दा बढी पानीका जार लेदोमा पुरिएका छन् भने झ्याल तथा ढोकासमेत आधाभन्दा बढी पुरिएको रहेको छ।
पानी प्रशोधनमा प्रयोग हुने विभिन्न उपकरण पूर्ण रूपमा नष्ट गरेको उद्योगले जनाएको छ । पानी प्रशोधन गर्ने आरओ, फिलिङ मेसिन, जार फिलिङ मेसिन, लेबल मेसिन, बोतल बनाउने मेसिन तथा बोतल बनाउन प्रयोग हुने कच्चा पदार्थमा समेत क्षति पुगेको छ ।
त्यस्तै, उद्योगका अफिसियल कागजपत्र, प्रिन्टर, कम्प्युटर, विद्युत् प्यानल बोर्डलगायतका सामग्रीसमेत बाढीले नष्ट गरेको छ ।
सिंखडाका अनुसार बाढीबाट १ करोड रुपैयाँ बराबरका प्रशोधन उपकरण र १ करोड ७० लाख रुपैयाँ बराबरको उद्योग संरचनामा क्षति पुगेको छ ।
क्षतिको विवरण संकलन भइरहेको र थप विवरणपछि क्षतिको वास्तविक अवस्था अझ स्पष्ट हुने बताइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |