

धादिङ,१८ चैत ।
धादिङ जिल्ला ब्याडमिन्ट संघकोे अध्यक्षमा विष्णु लाल श्रेष्ठ चयन हुनुभएको छ ।
धादिङबेसीमा शनिबार आयोजित साधारण सभाले श्रेष्ठको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। संघको बिधान अनुसार आगामी चार बर्षको लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाधयक्षमा राजेन्द्र अधिकारी,रामचन्द्र गिरी, सचिवमा भीषण श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।यस्तै सदस्यहरुमा राम सिं तामाङ, राजकुमार श्रेष्ठ, नवराज सिलवाल, रामकुमार श्रेष्ठ, रमेश ढकाल,अन्जान श्रेष्ठ, महिला सदस्यहरुमा रेखा अधिकारी (पण्डित) र सरस्वती थापा चयन हुनुभएको छ।
साधारण सभामा नेपाल ब्याडमिन्टन संघ काठमाण्डौका सचिव नविन विक्रम शाहको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश व्याडमिन्टन संघका सदस्य बुद्धी बहादुर थापा,नीलकण्ठ ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |