धादिङ । बागमती प्रदेश खेलकुद विकास समितिले धादिङसहित विभिन्न ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।
साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको हो ।
जसअनुसार जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्षमा पुन: प्रताप सिं तामाङ नियुक्त हुनुभएको छ ।यसअघि दुई कार्यकाल पुरा गरेका प्रतापसिंह तामाङ तेश्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त हुनुभएको हो ।
६ जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच भागबण्डा गरेर अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ ।जसमा ४ जिल्ला अध्यक्ष माओवादी केन्द्रलाई र २ जिल्ला अध्यक्ष एकीकृत समाजवादीलाई भागबण्डा लगाईएको स्रोतको भनाइ छ ।
परिषद्ले खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइवा, सिन्धुलीको अध्यक्षमा विरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरेको जानकारी दिएको छ ।
चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा भने अध्यक्ष नियुक्त गरिएको छैन ।
नवनियुक्त अध्यक्षहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि दुई वर्ष अवधिको कार्यकाल सकिएर साढे ३ महिनाअघि १३ वटै जिल्ला अध्यक्ष बाहिरिएका थिए ।
परिषद्ले दुई महिना अगाडि मात्रै खेलकुद विकास नियमावली संशोधन गरेर जिल्ला खेलकुद विकास समिति अध्यक्षको कार्यकाल ४ वर्ष पुर्याएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |