

धादिङ । सदरमुकाम धादिङबेसीमा कबड्डी सुपर लिग सुरु भएको छ ।
धादिङ टाईटन्सको आयोजनामा आज देखी सुरु भएको जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता टाईटन्स कबड्डी कप २०८१ (सुपर लिग)मा जिल्लाका ६ टिम सहभागी छन् ।
प्रतियोगितामा धादिङ टाईटन्स क्लब ए र बी, विल्केश्वर युवा क्लब ए र बी , थाक्रे कबड्डी क्लब र सुनौलो भैरवी कबड्डी क्लब सहभागी छन् ।
प्रतियोगिताको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले उद्घाटन गर्नुभएको हो ।
कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तराष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताउनुभये ।
कार्यक्रम उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न खेलकुल विधाका प्रमुखहरु र सरोकारवालाहरु उपस्थित थिए ।

प्रतियोगीतामा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुनेले १० हजार पुरस्कार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
साथै उत्कृष्ट खेलाडी‚ उत्कृष्ट रेडर‚ उत्कृष्ट डिफेन्डर‚ उत्कृष्ट अलराउन्डर र उदयमान खेलाडीहरूलाई पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
धादिङबेशी स्थित कर्भड हलमा जारी प्रतियोगिता ३१ गतेसम्म सञ्चालन हुने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |