

धादिङ । सदरमुकाम धादिङबेसीमा सम्पन्न धादिङ जिल्ला स्तरीय पुरुष कबड्डी कप(सुपर लिग) को उपाधि आयोजक धादिङ टाईटन्स ‘ए’ ले जितेको छ ।
सोमबार भएको फाईनल खेलमा टाईटन्स ‘ए’ ले ‘बि’ टिम लाई ५७—१९ अंकले पछि पार्दै उपाधि जितेको हो ।
प्रतियोगितामा थाक्रे कबड्डी क्लब तृतिय भएको छ। प्रतियोगितामा थाक्रेका बिपिन तामाङ उत्कृष्ट खेलाडी, टाईटन्स ‘ए’ का प्रमोद श्रेष्ठ उत्कृष्ट रेडर, टाईटन्स ‘ए’ का जीवन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, टाईटन्स ‘ए’ का विशाल सापकोटा सबै तर्फ उत्कृष्ट र टाईटन्स ‘बि’ का नविन गुरुङ उदयमान खेलाडी घोषित भएका छन् ।
प्रतियोगितामा प्रथम भएको टाईटन्स ‘ए’ ले ३० हजार, द्वितीय भएको टाईटन्स ‘बि’ ले २० हजार र तृतीय भएको थाक्रेले १० हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाएका छन् ।
कबड्डी खेलबाट धादिङ जिल्लालाई अन्तराष्ट्रिय जगतमा पु¥याउने उद्धेश्यले क्लवको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको टाइटन्स क्लवका अध्यक्ष काजी श्रेष्ठले बताउनुभयो ।
असार २९ गतेबाट सुरु भएको सुपर लिगमा ६ समुह सहभागी थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |