

काठमाण्डौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् ।
पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् भने दोस्रो खेल दिउँसो १ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।
लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित रहेको छ । चार अङ्कसहित सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ भने खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ।
यस्तै यसअघिका तीन खेलमध्ये विराटनगरले एउटा खेल जितेको छ। कर्णालीले पनि तीन खेलमध्ये एउटा मात्रै जितेको छ। समान २/२ अङ्क भएका कर्णाली छैटौं र विराटनगर सातौं स्थानमा छन्।
तीन वटै खेल जितेको जनकपुर बोल्ट्स ६ अङ्कसहित एनपीएलको शीर्ष स्थानमा छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |