धादिङ । सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नं २ स्थित नलाङ खिर्रेभञ्ज्याङमा रहेको नलाङ पात्ले माविमा हुने भएको छ ।
गाउँपालिकाको आयोजना तथा नलाङ पात्ले माविको व्यवस्थापनमा यही मंसिर २८ देखि ३० सम्म रनिङ शिल्ड सञ्चालन गरिने नलाङ पात्ले माविका सह प्रधानाध्यापक अमृत गुरुङ(तिलक)ले बागमती कलमलाई जानकारी दिनुभयो।
प्रतियोगितामा छात्र/छात्रा तर्फको भलिबल, कबड्डी र एथलेटिक्स विधाको खेलहरु हुने बताईएको छ ।
सह प्रधानाध्यापक गुरुङका अनुसार एथलेटिक्सका केही खेलहरु वडा नं १ को बाँझगरामा हुने र बाँकी खेलहरु भने नलाङ पात्ले माविकै खेल मैदानमा हुने छन् ।
यस प्रतियोगितामा मार्शल आर्टका खेल चाहि नहुने भएको छ ।
गाउँपालिकामा मार्शल आर्टका खेलाडी कम भएकाले यस प्रतियोगितामा समावेश नगर्ने तर जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने खेलाडी पठाईने गुरुङले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा १३ वटा सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालयबाट एक हजार भन्दा बढि बिद्यार्थी सहभागी हुने छन् ।
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको गाउँपालिकाले बिमा गरिदिने उहाँको भनाई छ।
यस प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन्।
गत वर्ष २०८० मा सिद्धलेक-३ डुमीडाँडाको अमरआदर्श माविमा भएको रनिङ शिल्डमा मिन्दुका मावि प्रथम, सत्यवती मावि दोस्रो र नलाङ पात्ले मावि तेस्रो भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |