

काठमाण्डौ- काठमाण्डौ त्रिपुरेश्वर स्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछन्।
पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच दिउँसो साढे २ बजे हुनेछ ।
यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ ।
च्याम्पियनशिपमा कुल १४ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् ।
लिगमा उत्कृष्ट हुने चार टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टोलीसँग सेमिफाइनल खेल्नेछ ।
लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल यही मङ्सिर २९ गते आउने शनिवार हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |