

धादिङ । सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलिदेखी शुरु हुँदै छ।
वडा नं २ स्थित नलाङ खिर्रेभञ्ज्याङमा रहेको नलाङ पात्ले माविमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नलाङ पात्ले माविका सह प्रधानाध्यापक अमृत गुरुङ(तिलक)ले बागमती कलमलाई जानकारी दिनुभयो।
प्रतियोगिताको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्ने तय भएको बताउनुभयो।
गाउँपालिकाको आयोजना तथा बिधालयको व्यवस्थापनमा हुने प्रतियोगितामा छात्र/छात्रा तर्फको भलिबल, कबड्डी र एथलेटिक्स विधाका खेलहरु हुने छन्।
सह प्रधानाध्यापक गुरुङका अनुसार प्रतियोगितामा १३ वटा सरकारी र १ निजी गरी १४ वटा माध्यमिक विद्यालयबाट एक हजार भन्दा बढि बिद्यार्थी सहभागी हुने छन् ।

जसमा भलिबल तर्फ पुरुषको १३, महिलाको ११ टिम सहभागी छन् ।
यस्तै कबड्डी तर्फ महिला/पुरुषको नै १०/१० टिम र अन्य बिधामा १४ वटै बिद्यालय सहभागी हुने बताउनुभयो।
उहाँका अनुसार एथलेटिक्सका केही खेलहरु वडा नं १ को बाँझगरामा हुने र बाँकी खेलहरु भने नलाङ पात्ले माविकै खेल मैदानमा हुने छन् ।
यस प्रतियोगितामा मार्शल आर्टका खेल चाहि नहुने भएको छ।
गाउँपालिकामा मार्शल आर्टका खेलाडी कम भएकाले यस प्रतियोगितामा समावेश नगर्ने तर जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भने खेलाडी पठाईने गुरुङले बताउनुभयो।
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीलाई गाउँपालिकाले ड्रेस वितरण गर्ने र सहभागी खेलाडीको बिमा गरिदिने उहाँको भनाई छ।
यस प्रतियोगिताबाट जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट हुने छन्।
प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुनेछ।
गत वर्ष २०८० मा सिद्धलेक-३ डुमीडाँडाको अमरआदर्श माविमा भएको रनिङ शिल्डमा मिन्दुका मावि प्रथम, सत्यवती मावि दोस्रो र नलाङ पात्ले मावि तेस्रो भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |