

धादिङ । धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी ज्येष्ठ ३ गतेदेखि हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीमा आगामी जेष्ठ ३ देखि ५ गते सम्म १४ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।
शिक्षकहरुको आन्दोलन र कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै पटक पटक प्रतियोगिता स्थगन भएको थियो । भने अब मिति परिवर्तन नहुने अध्यक्ष तामाङले बताउनुभयो ।
मंगलबार जिल्ला खेलकुद विकास समितिले १३ वटै पालिकाहरुलाई पत्राचार गर्दै बैशाख २८ गते भित्र पालिकाबाट छनौट भएका खेलाडिहरुको ईभेन्ट्स सहितको नामावली उपलब्ध गराईदिन अनुरोध गरेको छ ।
यता प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०८२ जेठ ८ देखि १० गतेसम्म दोलखाको चरिकोटमा सञ्चालन गर्ने जनाएको छ ।
प्रदेशले भने २०८२ वैशाख ३० गतेभित्र जिल्ला छनौट गरि ईभेन्ट्स सहितको खेलाडी नामावली, सम्बन्धित जि.वि.स को पत्र र खेलाडी दर्ता फारम सहित परिषद्मा उपलब्ध गराईदिन अनुरोध गरेको छ ।
तर धादिङमा बिभिन्न कारणले सर्दै आएको रनिङ शिल्ड छनौट प्रतियोगिता जेष्ठ ३ देखि हुने पक्का भएको अध्यक्ष तामाङले बताउनुभयो ।
यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई प्रदेश स्तरीय प्रतियोगितामा खेल्न जान ट्रयाक सुट र किट प्रदान गरिने बताउनुभयो।
गत वर्ष सम्पन्न भएको १३ औं जिल्ला स्तरीय प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको थियो।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |