

काठमाण्डौ । आइसिसी क्रिकेट विश्वकप लिग–२ मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्ययीय स्कटल्यान्डमा हुने लिग–२ को लागि टोलीको घोषणा गरेको हो । अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
टोलीमा रोहित र दीपन्द्रसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी र रिजन ढकाल रहेका छन् ।
विश्वकप लिग–२ लगत्तै स्कल्याण्डमै हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छनोट भएका छन् ।
छनोट भएका खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नामावली लिग–२ को खेलहरू समापन भए सँगै सार्वजनिक गरिने क्यानले जनाएको छ ।
नेपाली टोलीले वैशाख ३१ देखि जेठ १२ गतेसम्म इंग्ल्यान्डमा अभ्यासका क्रममा स्थानीय क्रिकेट क्लब र एमसिसीसँग अभ्यास खेलसँगै ट्रेनिङ क्याम्पमा समेत सहभागिता जनाउनेछ ।
त्यसपछि स्कटल्यान्ड गएपछि नेपालले त्यहाँ स्कटल्यान्ड ‘ए’ टोलीसँग दुई वटा अभ्यास खेल्नेछ ।नेपालले लिग–२ अघि कुल ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम छ ।
लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक सिरिज खेलेपछि यिनै टोलीसँग टी–२० सिरिज पनि खेल्नेछ । लिग–२ को खेल जेठ १९ देखि हुनेछ भने टी–२० शृङ्खला असार २ देखि शुरु हुनेछ ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |