

काठमाण्डौ । महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटको ‘सुपर थ्री’ मा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् ।
खेल बिहान पौने ९ बजे देखी थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदान बैंककमा शुरु हुने छ ।
प्रतियोगितामा नेपालको आज अन्तिम खेल हो । यो खेल जितेमा नेपाल एशिया छनोटको विजेता नै बन्नेछ ।
यसअघि हिजो भएको खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगिसकेको छ ।नेपालको महिला टोली इतिहास रच्न सफल भएको छ ।
अब नेपाल र थाइल्यान्डले एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोट खेल्नेछन् ।विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष चार टोलीले इङ्ग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन् ।
यसअघि नेपाल र थाइल्यान्डबीच एशिया कपमा ६ पटक भेट भएकोमा थाइल्यान्डले ६ वटै जितेको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |