Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ मंसिर ११, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कांग्रेसका महामन्त्री पौडेलले भने-`गगनलाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिदैन´

१ दिन अघि
२

बढ्दो महँगी नियन्त्रणमा सरकार चुकेको कांग्रेसका महामन्त्री पौडेलको आरोप

१ दिन अघि
३

५० वर्षपछि चितवनबाट धादिङ ल्याइयो २०७ कित्ता जग्गाको अभिलेख

१ दिन अघि
४

नलाङको पि एण्ड जी मौरीपालन उद्योग प्रदेशस्तरमा सम्मानित

१ दिन अघि
५

धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप

२ दिन अघि
६

घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै

४ दिन अघि
७

चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए

४ दिन अघि
८

(फोटोकथा)- पन्टुन पुल जडानस्थल

४ दिन अघि
९

धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण

४ दिन अघि
१०

नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने

१ हफ्ता अघि
११

आज हरिबोधिनी एकादशी

१ हफ्ता अघि
१२

धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

४ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
३

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

३ हफ्ता अघि
४

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

३ हफ्ता अघि
५

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

३ हफ्ता अघि
६

धादिङको विकास र समृद्धिका लागि लगानी भित्र्याउने विषयमा अन्तर्राष्ट्रिय धादिङ समाज र सभामुखबीच छलफल

१ महिना अघि
७

देशभर अर्नबकाे प्रभाव: आज अझै ठूलो पानी पर्ने

४ हफ्ता अघि
८

१५ गतेदेखि नागढुङ्गा सुरुङ मार्गमा टोल शुल्क उठाइने

४ हफ्ता अघि
९

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

३ हफ्ता अघि
१०

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

३ हफ्ता अघि
११

धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप

२ दिन अघि
१२

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

२ हफ्ता अघि

डेङ्गु ज्वरो कसरी थाहा पाउने ?, कसरी हुन्छ संक्रमण ?

  • बागमती कलम
  • ६३७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ श्रावण १२, शनिबार (२ साल अघि)
डेङ्गु ज्वरो कसरी थाहा पाउने ?, कसरी हुन्छ संक्रमण ?

डेङ्गु लामखुट्टेबाट सर्ने रोग हो। नेपालका ७२ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डेङ्गु ज्वरोको गम्भीर रूपलाई डेङ्गु हेमोरेजिक फिभर पनि भनिन्छ, यसले गम्भीर रक्तस्राव, रक्तचापमा अचानक गिरावट र त्यसका कारणबाट कतिपयको मृत्यु हुन सक्छ।

पहिलो संक्रमणमा लक्षणहरु त्यति गम्भीर हुँदैनन् तर डेङ्गु भाइरसका फरक संस्करणबाट अर्को संक्रमण भयो भने गम्भीर स्वास्थ्य समस्या देखा पर्दछन्।

डेङ्गु एडिस नामक लामखुट्टेको टोकाइबाट सर्छ, जसले जिका र चिकनगुनिया जस्ता भाइरस पनि बोक्छ। लामखुट्टेले डेङ्गु ज्वरो भएको व्यक्तिलाई टोक्छ र त्यसपछि जसलाई टोक्छ, ती व्यक्ति संक्रमित हुन्छन्।

डेङ्गु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग होइन तर डेङ्गु गर्भवती महिलाबाट बच्चामा सर्न सक्छ।

१.डेङ्गुको संक्रमण कसरी हुन्छ ?

डेङ्गुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् : एडिस एजिप्टी र एडिस अल्बोपिक्टस।

यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गुको संक्रमण हुने गरेको छ। यी दुवै प्रकारका लामखुट्टे मानव आवास र वरपर पाइन्छ।

लामखुट्टेले डेङ्गु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यो व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ ।

डेङ्गु ज्वरो चार प्रकारका डेङ्गु भाइरस मध्ये कुनै एकको कारणले हुन्छ। संक्रमित व्यक्तिको वरपर बसेर डेङ्गु ज्वरो आउन सक्दैन बरु लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो सर्छ ।

डेङ्गु ज्वरोबाट निको भएपछि, तपाईंलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेङ्गु ज्वरो भाइरस प्रकारहरूमा हुँदैन।

यसको मतलब तपाईं भविष्यमा अन्य तीन भाइरस प्रकारहरू मध्ये एकद्वारा फेरि संक्रमित हुन सक्ने सम्भावना हुन सक्छ।
दोस्रो, तेस्रो वा चौथो पटक डेङ्गु ज्वरो आएमा गम्भीर डेङ्गु ज्वरो आउने खतरा बढ्छ, त्यसैलै हामी डेङ्गु ज्वरोको बारेमा सतर्क रहन जरुरी छ ।

२.डेङ्गु ज्वरो कसरी थाहा पाउने ?

डेङ्गु ज्वरो छ कि छैन भनेर थाहा पाउनका लागि रगत परीक्षण गरिन्छ ।

तपाईंको नसाबाट लिइएको रगतको नमूना लिइन्छ र त्यसलाई डेङ्गु भाइरसको लक्षणहरू हेर्न प्रयोगशालामा पठाइन्छ । रगत परीक्षणबाट तपाईं डेङ्गु भाइरसबाट प्रभावित हुनुहुन्छ कि हुनुहुन्न भन्ने जानकारी पाउन सकिन्छ।

३.गर्भावस्थामा डेङ्गु भएमा कस्तो जटिलता हुनसक्छ ?

यदि तपाईं गर्भवती हुनुहुन्छ र डेङ्गु ज्वरो छ भने, यसले गर्भपतन, कम वजन वा समय भन्दा पहिले बच्चा जन्माउन जस्ता समस्या हुन सक्छ ।

तसर्थ, गर्भावस्थाको समयमा आफू र आफ्नो गर्भमा रहेको बच्चालाई डेङ्गुबाट सुरक्षित राख्नका लागि विशेष सावधानी अपनाउन एकदमै जरुरी छ ।

४.डेङ्गुका लक्षणहरू के के हुन् ?

अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन। डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म) देखिन्छ। साथसाथै डेङ्गु संक्रमित व्यक्तिहरुमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन् :

-आँखाको पछाडि (भित्री) भाग दुख्नु
-वाकवाकी लाग्नु
-मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
-शरीरका ग्रन्थीहरु सुन्निनु
-छाला रातो हुनुका साथै छालामा डाबर आउनु
-लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ।

डेङ्गुबाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ।
डेङ्गुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ ।

यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेङ्गु हुन्छ जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ।

५.गम्भीर डेङ्गु भनेको के हो ?
गम्भीर डेङ्गुका लक्षणहरू जीवनको लागि खतरा हो ।

ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ ।डेङ्गु भाइरसका कारण तपाईंको रक्तनलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेङ्गु हुन्छ।

गम्भीर डेङ्गु भएमा तपाईंको रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ ।

डेङ्गुको गम्भीर ज्वरोको चेतावनी संकेत वा लक्षणहरू चाँडै विकास हुन सक्छ । त्यस्ता संकेतहरू सामान्यतया ज्वरो हटेको पहिलो वा दोस्रो दिन पछि सुरु हुन सक्छ र यी निम्न प्रकारका हुन सक्छन्ः

-पेट दुख्नु
-लगातार बान्ता हुनु
-गिजा वा नाकबाट रक्तस्राव हुनु
-दिसापिसाब वा बान्तामा रगत देखिनु
-सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
-चिडचिडाहट या बेचैनी हुनु
-छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ

६.डेङ्गु ज्वरोमा के गर्ने ? 

-प्रशस्त पानी र तरल पदार्थ पिउने
-सकेसम्म धेरै आराम गर्ने
-ज्वरो नियन्त्रण गर्नका लागि पारा सिटामोलको प्रयोग गर्ने ।
-इबुप्रोफेन वा एस्पिरिनको प्रयोग नगर्ने। यी औषधीले आन्तरिक रक्तस्रावको खतरा बढाउन सक्छ ।

७.डेङ्गु ज्वरोबाट कसरी बच्ने ?
लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।

डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ।

-घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
-लामो बाहुला भएको लुगा लगाउने
-घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरु, बाल्टी तथा ब्यारेलहरु हटाउने
-हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरुलाई सफा गर्ने
-गर्भवती भएमा सम्भव भएसम्म डेङ्गुको सङ्क्रमण भएको ठाउँमा नजाने

स्वास्थ्यखबर पत्रिका

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20261126-WA0007

    कांग्रेसका महामन्त्री पौडेलले भने-`गगनलाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिदैन´

  • IMG-20261126-WA0008

    बढ्दो महँगी नियन्त्रणमा सरकार चुकेको कांग्रेसका महामन्त्री पौडेलको आरोप

  • WhatsApp Image 2026-11-25 at 4.15.18 PM

    ५० वर्षपछि चितवनबाट धादिङ ल्याइयो २०७ कित्ता जग्गाको अभिलेख

  • p and g- mauri

    नलाङको पि एण्ड जी मौरीपालन उद्योग प्रदेशस्तरमा सम्मानित

  • समाचार
  • १

    कांग्रेसका महामन्त्री पौडेलले भने-`गगनलाई हटाएर शेरबहादुर देउवालाई सभापति बनाउन सकिदैन´
    १ दिन अघि

  • २

    बढ्दो महँगी नियन्त्रणमा सरकार चुकेको कांग्रेसका महामन्त्री पौडेलको आरोप
    १ दिन अघि

  • ३

    ५० वर्षपछि चितवनबाट धादिङ ल्याइयो २०७ कित्ता जग्गाको अभिलेख
    १ दिन अघि

  • ४

    नलाङको पि एण्ड जी मौरीपालन उद्योग प्रदेशस्तरमा सम्मानित
    १ दिन अघि

  • ५

    धादिङबेशीमा सञ्चालनमा आयो टुपी आनन्द स्पा वेलनेस सेन्टर एण्ड कफि शप
    २ दिन अघि

  • ६

    घोप्टेभीरमा सुक्खा पहिरोको जोखिम हटाउन डाँडो काटिदै
    ४ दिन अघि

  • ७

    चार महिनामा सात हजार विद्युतीय गाडी नेपाल भित्रिए
    ४ दिन अघि

  • ८

    (फोटोकथा)- पन्टुन पुल जडानस्थल
    ४ दिन अघि

  • ९

    धादिङको पुल समस्या समाधान गर्न गगन थापाद्वारा संघीय सरकारको ध्यानाकर्षण
    ४ दिन अघि

  • १०

    नागढुंगा-मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution