

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाका सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।
सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १७ बमोजिम कारवाही र सजाय हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेद्धारा जारी सूचनामा भनिएको छ।
होटल, रेष्टुरेन्ट, बार, रिसोर्ट, मोटल, भोजनालय, चमेनागृह,लज, छात्र वा छात्रावास तथा अतिथि गृह, सरकारी कार्यालय, निकाय वा संस्था, शिक्षण संस्था विद्यालय, कलेज पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था विमानस्थल,वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह,शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लव,उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, सार्वजनिक शौचालय, रंगशाला, कभर्डहल,शारिरीक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, १०.धर्मशाला तथा धार्मिक स्थल तथा सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टरमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने सूचनामा उल्लेख छ ।
साथै सबै सरकारी तथा सार्वजनिक कार्यालयमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने जनाएको छ । सूचना टाँस नगरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १७ बमोजिम व्यवस्थापक (कार्यालय प्रमुख) लाई पाँच हजÞार रुपयाँ सम्म जरिवाना हुने पनि सूचनामा भनिएको छ ।
सरकारले २०६८ सालमा नै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याइसकेको छ ।
उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ ।
ऐनको उपदफा ४ मा ‘कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,’ उल्लेख छ । तर, विडम्बना अस्पतालका गेट, पार्कलगायत सार्वजनिक स्थानमै चुरोटलगायत सुर्तीजन्य पदार्थ बेच्न राखिएका छन् फुटकर रुपमै चुरोट खरिदबिक्री भइरहँदा सम्बन्धित निकाय मूकदर्शक बनेका छन् ।
ऐन, नियमावली मात्र होइन्, सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ समेत जारी गरिसकेको छ । तर, ऐन, नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन हुन सकेको छैन ।
यस्तो छ,बेनीघाट रोराङ गाउँपालिकाले सार्वजनिक गरेको सूचना :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |