

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।
४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी परीक्षामा करिब ५३ (५२.९१) प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका परीक्षा बोर्डले जनाएको छ ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी सहभागी थिए।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।
गत असारमा प्रकाशित एसइईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो।
जसअनुसार परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल ननग्रेडिङ (एनजी) भएका हुन् ।
४८ प्रतिशत विद्यार्थीको एनजी आएको छ।त्यस्तै ९ हजार ५९१ बिद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।
लेटर ग्रेडिङ निर्देशिका अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन्।
यसरी हेर्नुहोस् नतिजा :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |