

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने भएको छ ।
आज सार्वजनिक भएको नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा गर्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकले जनाएको छ ।
नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।
आज सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फका ५२ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |