

धादिङ । हिमालयन हेल्थ केयरले उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका–३ सेर्तुङमा रहेको रुवीभ्याली आधारभुत अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ।
हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतका अनुसार अस्पतालको सेवा तथा सुविधालाई सहज बनाउन हिमालयन हेल्थ केयरले प्रिन्टरसहितको भिडियो एक्सरे मेसिन, सेमी अटोमेटिक एनालाइजर मेसिन, वेवी वार्मर, एक ठाउँबाट अर्को ठाउँमा बिरामी सार्नका लागि प्रयोग गरिने दुई वटा ट्रलीसहित उपकरणहरु उपलब्ध गराईएको हो ।

उपकरणको सुरक्षित प्रयोग गर्न अस्पतालमा कार्यरत चार जना कर्मचारीलाई काठमाण्डौ बोलाएर आवश्यक तालिम दिइएको बस्नेतले बताउनुभयो।
उपकरण खरिद, तालिम र ढुवानी समेत गरी करिब १२ लाख बराबर खर्च भएको बस्नेतले बताउनुभयो।
काठमाण्डौबाट तालिम लिएर फर्किएका कर्मचारीमार्फत सेर्तुङ पु¥याइएको सामानहरु गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, वडा नम्बर ३ का अध्यक्ष फे दोर्जे तामाङ, अस्पतालका इन्चार्ज जयप्रकाश भट्टलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको छ ।

हेल्थ केयरले विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय गर्दै आएको छ।
हेल्थ केयरकै सहयोगमा रुवीभ्याली गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्दै आएको छ ।मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीको अस्पतालमा हेल्थ केयरले उपकरण उपलब्ध गराएपछि यहाँका स्थानीयहरु खुसी भएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |