

धादिङ । धादिङ अस्पतालमा आजदेखी मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ।
नसर्ने रोगको पहिचान, निदान, परामर्श र उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कार्यक्रम सुरु गरिएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो।
बागमती प्रदेश सरकारको यस कार्यक्रममा ३० वर्ष भन्दा माथिका नागरिकमा स्वास्थ्य परिक्षण गरिने अधिकारीले बताउनुभयो।
यो स्क्रिनिङ कार्यक्रम भएकोले स्वस्थ मानिसमा सुगर, प्रेसर, क्यान्सर जस्ता नसर्ने ठूलठूला रोगहरु छन् कि छैनन् भनेर पत्ता लगाउन परिक्षण गरिने उहाँको भनाई छ ।
स्वस्थ मानिसमा गरिने यस परिक्षण कार्यक्रममा दम खोकीको लागि क्या टेष्ट, उच्च रक्तचाप, पिसाब जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, मृगौलाको जाँच, कलेजोको जाँच, लिपिड प्रोफाइल, फोक्सोको जाँच, छातिको एक्सरे, इसिजी, यु.एस.जी., भि.आई.ए. जाँच लगायत सेवा तथा परामर्श सेवा प्रवाह गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.अधिकारीले बताउनुभयो ।
अस्पतालको नियमित स्वास्थ्य उपचारलाई बाधा नपर्ने गरी सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार दैनिक कम्तीमा २० जनाको परीक्षण गरिने योजना छ । विगतका वर्षहरुमा पनि यस कार्यक्रम सञ्चालन गरिएकाले केही सिकाइ पनि भएको र यसले नागरिकमा ठूलै समस्या परे मात्रै अस्पताल पुग्ने बानीको अन्त्य गर्ने डाक्टर रेग्मीले बताउनुभयो ।
विश्वव्यापी रुपमा बढ्दै गएको नसर्ने रोगको निवाकरणमा सहयोग पुग्ने अपेक्षाले यो परिक्षण कार्यक्रमको शुभारम्भ गरिएको उहाँले बताउनुभयो ।
विगतका वर्षहरुमा गरिएको यस कार्यक्रम प्रभावकारी रहेकाले आफ्नो स्वास्थ्य कुन अवस्थामा छ भनेर नागरिकले जानकारी पाउँने हुदाँ सबैलाई सेवा लिन डाक्टर रेग्मीले अनुरोध गर्नुभएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |