

फुलखर्क । गंगाजमुना गाउँपालिका भित्रको आधारभुत तहका बिद्यालयका शिक्षकहरुको लागि एकीकृत पाठ्यक्रम आधारित क्षमता अभिबृद्धि ५ दिने तालिम सम्पन्न भएको छ ।
शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना तथा गंगाजमुना गाउँपालिका फुलखर्क धादिङको समन्वयमा आईतबारदेखी सञ्चालन भएको क्षमता अभिबृद्धि तालिम बिहीबार सकिएको हो ।
तालिममा २९ जना आाधारभुत तहका शिक्षकहरु सहभागी थिए ।

तालिममा विस्तारित शिक्षा तालिम ईकाई त्रिशूली नुवाकोटका प्रशिक्षक रमेश प्रसाद लामिछानेले प्रशिक्षण गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत संञ्जय स्याङ्ताङ, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शैक्षिक सुधारका लागि बालमैत्री कक्षाकोठा, बसाई व्यवस्थापन, सिकाई वातावरण, अभिभावक शिक्षा, उपयुक्त शैक्षिक सामाग्री प्रयोग र बिद्यालय टिमवर्क लगायतका पक्षमा ध्यान दिनु पर्ने कुरामा आफ्ना धारणा राख्नु भएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |