

धादिङ । धादिङबेशीमा ७ वटा पालिकाका २४ जना स्वास्थ्यकर्मीलाई आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धति सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा सञ्चालन गरिएको तिनदिने तालिम बुधबार सम्पन्न भएको छ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरि उपचारमा एकरुपता ल्याउन र गुणस्तरीय सेवा दिनका लागि तालिम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयनाथ छत्कुलीले बताउनुभयो।
तालिममा आकस्मिक बिरामी उपचार सेवा, बालरोग, महिला रोग, सर्ने तथा नसर्ने रोगको निदान, उपचार तथा व्यवस्थापन, सरकारले उपलब्ध गराउने निशुल्क वितरण गरिने औषधीको विवरण आदीका बारेमा सिकाईएको छत्कुलीले बताउनुभयो।
सरकारले स्वास्थ्य चौकीहरुबाट निशुल्क वितरण गर्ने ९८ किसिमका औषधी तथा सामाग्री पठाउने गरेको छ ।
तिनदिने तालिममा डा.माधव पौडेल, डा.राम रिजाल र वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजालले तालिम संचालन गर्नुभएको थियो ।
४४ स्वास्थ्य चौकी, ६५ आधारभुत स्वास्थ्य केन्द्र वा इकाई रहेको धादिङमा पहिलो चरणको तालिमपछि पुनःदोश्रो चरणको तालिम संचालन हुने छत्कुलीले बताउनुभयो ।
कार्यक्रम समापनमा डा.राम रिजाल, वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायतले सम्बोधन गर्दै सीप, क्षमता, दक्षता विकास गरि गुणस्तरीय सेवा प्रवाह, विरामीको निदान, उपचार तथा व्यवस्थापनमा संयमित भएर लाग्न आग्रह गर्नुभयो।
आधारभुत स्वास्थ्य सेवा नागरिकको मानवअधिकार भएकोले नागरिकले स्वास्थ्य सेवा पाउने पहिलो स्थान स्वास्थ्य चौकी तथा ईकाईहरुले नै आधारभुत स्वास्थ्य सेवा दिदै मानवअधिकारको पक्षमा काम गरिरहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |