

खोरभज्याङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका १० मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत १४८ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
शुक्रबार प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।विद्यार्थीहरूलाई विद्यालय पोशाक, झोला, र शैक्षिक सामग्री वितरण गरिएको छ।
यससँगै वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

शैक्षिक सामग्रीको अभावका कारण विद्यालयमा नियमित जान नसकिरहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न यो सहयोग गरिएको प्रयास नेपालले जनाएको छ।
यो सहयोगले बालबालिकालाई विद्यालय जान प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।
बालबालिकाको भविष्य उज्यालो बनाउन प्रयास नेपाल धादिङ निरन्तर क्रियाशील रहेको पनि अर्यालले बताउनुभयो।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, चाइल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डिएस अफिसर श्रीकान्त लुइँटेल,र राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रधानाध्यापक गणेश अर्यालले शैक्षिक सामग्रीको उपलब्धताले बालबालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो।
“बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, शैक्षिक सामग्रीको अभावले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पुर्याउनेछ,”उहाँले भन्नुभयो ।
बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस प्रकारका सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो।
शैक्षिक सामग्री वितरणको क्रममा बालबालिकाको उत्साह र खुशी देखेर आफूहरू अझ बढी प्रेरित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
बालबालिकाको शिक्षा ,बाल अधिकार र समग्र विकासमा प्रयास नेपाल,धादिङले महत्वपूर्ण योगदान दिँदै आइरहेको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयो।
चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० वडाका १९ विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गरिरहेको छ ।












आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |