

काठमाण्डौ । स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा ऐन–२०७५ दफा ४५ ९२० मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखेर विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम कार्य गर्न तथा गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कारबाही गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ ।
नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू जस्तैः ट्याबलेट, क्याप्सुल, झोलहरु न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण तथा विज्ञापनका रुपमा प्रचारप्रसार भइरहेको भन्ने प्राप्त सूचनामा ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो
कहीँकतै त्यस्तो भेटिएमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा पनि गुनासो गर्न सकिने व्यवस्था छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |