

धादिङ ।धादिङको सिद्धलेक गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस अभियान अन्तर्गत १ हजार भन्दा बढि किशोरीलाई खोप लगाइने भएको छ।
गाउँपालिकाले जिल्लाले दिएको टार्गेटभन्दा दोब्बरलाई लगाउने योजना बनाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर दुवाडीले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङले विद्यालय नगएका ३२ जना र कक्षा ६ देखि १० का ५ सय १ जनालाई खोप लगाउने टार्गेट दिएर तयारी थालेको सिद्धलेक गाउँपालिकाले आइतबार पालिका समन्वय समितिको बैठक राखेर खोपको योजना सार्वजनिक गरेको छ।
गाउँपालिलेको १० वर्षदेखि १४ वर्ष उमेरका विद्यालय बाहिर भएकाको संख्या ८५ र कक्षा ६ देखि १० मा अध्यायन गर्ने ९ सय ८३ गरि १ हजार ६८ जना किशोरीलाई खोप लगाउने स्वास्थ्य शाखा प्रमुख दुवाडीले बताउनुभयो।
सिद्धलेकमा कक्षा ६ संचालन भएका १८ विद्यालय र १० स्वास्थ्य केन्द्रबाट माघ २२ गतेबाट नै खोप अभियान सुरु गर्ने गरि खोप अभियान गर्ने पालिकाले निर्णय गरेको छ ।
खोप समन्वय समितिको बैठकमा गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा,बिभिन्न वडाका वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।
जनस्वास्थ्य कार्यालय धादिङले सार्वजनिक गरेको तथ्यांकमा पालिकाले संकलन गरेको विवरणको संख्या मिलाएर खोप पठाउन जनस्वास्थ्य कार्यालयलाई आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख दुवाडीले जानकारी दिनुभयो ।
के हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) ?
पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस)। पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने चिकित्सकहरु बताउछन् ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी भ्याक्सिन नेपालमा प्रयोग भएको विशेषज्ञहरुको भनाइ छ ।
कास्की र चितवनमा परीक्षण भएको सर्भारिक्स हो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गर्डाशिल भ्याक्सिन दिंदै आएको छ, जुन नेपालमा सन् २००९ देखि नै प्रयोगमा छ ।
उपत्यकाका केही निजी अस्पतालहरुले सर्भारिक्स खोप सशुल्क दिइरहेको पाइन्छ । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो ।
त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने चिकित्सकहरु बताउछन् ।यो खोपबारे शिक्षितहरुमा जनचेतना कम भएको विशेषज्ञहरुको भनाइ छ ।
खोपको प्रभावकारीताबारे गरिएका रिसर्च, तथ्यहरु क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले सचेतना विस्तारै फैलिरहेको उनीहरुको भनाइ छ ।
यो खोप महँगो पर्ने भएकाले पनि कतिपयले लगाउन नचाहने विशेषज्ञहरुको अनुभव रहेको बताउँछन् ।
छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । अस्पताल अनुसार यसको मूल्यमा पनि फरक पर्ने पाइएको छ ।
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो ।किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ ।
तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । विकसित राष्ट्रहरुमा चाँडै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले ९ वर्षदेखि १४ वर्ष तोकिएको हो विज्ञहरुको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |