

धादिङ । सिद्धलेक गाउँपालिका १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाईएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्वमा साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ।
सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ।
सोमबार आयाम इङलिस स्कुलमा २४ जना साना बालबालिकाहरूलाई भर्ना गरिएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो । पञ्चमीकै अवसरमा बिद्यार्थीबिच नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अर्यालले बताउनुभयो ।
विद्यालयमा यस वर्ष २४ जनाले अक्षरारम्भ गरेसँगै यस उपलब्धिले विद्यालयको शैक्षिक अभियान थप सशक्त बनेको विद्यालयका प्रधानाध्यापक आश बहादुर गुरुङले बताउनुभयो ।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |