

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलमा स्पेलिङ कन्टेष्ट सम्पन्न भएको छ ।
राष्ट्रिय नीजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) धादिङको आयोजनामा जिल्ला स्तरीय स्पेलिङ कन्टेष्ट (Spelling Contest)सम्पन्न भएको हो ।
धादिङ जिल्लाको ग्रामीण भेगमा रहेका नेशनल प्याब्सनमा आबद्ध बिद्यालयको प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरु संलग्न प्रतियोगितामा महाभिर चुली कटुन्जे बोर्डिङ स्कुल प्रथम भएको नेशनल प्याब्सन धादिङका सचिव विजय खतिवडाले जानकारी दिनुभयो।
त्यसैगरी नेचर स्माइल एकेडेमी द्धितिय र गोल्डेन फ्युचर एकेडेमी मैदी तृतीय भएको खतिवडाले बताउनुभयो ।
नेशनल प्याब्सन धादिङले विद्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्ने उद्धेश्यले यस्ता खालका विभिन्न प्रतियोगिताहरु सन्चालन गर्दै आइरहेको कार्यक्रमका सभापति एवं नेशनल प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीले बताउनुभयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |