

धादिङ । गंगाजमुना गाउँपालिकाको माध्यमिक तह कक्षा ८-१२ का बिद्यार्थीहरुको लागि १ दिने बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण गरिएको छ।
गाउँपालिकाको आयोजनामा आईतवार गंगाजमुना वडा नं १ को रि माविमा एक सय ४० जना र वडा नं २ तावलको पासाङचोक महादेव माविमा भएको कार्यक्रम ८२ बिद्यार्थीहरुलाई सचेतनामुलक अनुशिक्षण कार्यक्रम गरिएको हो ।
अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान, बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार , बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनुभएको थियो।

अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं २ का अध्यक्ष बल बहादुर तामाङ ,शिक्षा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बोहरा, शिक्षक सन्तोष तिमल्सेना,सामि कार्यक्रमका अमित अधिकारी,पासाङ चोकमहादेव माविका प्रधानाध्यापक सिर बहादुर तामाङ ,रि माविका प्रधानाध्यापक रामचन्द्र सिटौला लगायतको सहभागी रहेको गंगाजमुना गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने,अभिभावकहरुलाइ भेटि सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि शाखा प्रमुख भट्टले जानकारी दिनु भयो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |