

बसेरी ।धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ मा रहेको दुई विद्यालयमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा बिहिबार माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।
तालिममा वडा नं ६ स्थित बसेरी माविका ५७ जना र महालक्ष्मी माविका ८५ जना बिद्यार्थीहरुको सहभागी थिए ।

दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।
अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल,निवर्तमान वडाध्यक्ष भक्त बहादुर लामिछाने,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्ट, बसेरी माविका प्रधानाध्यापक राजेन्द्र दाहाल,महालक्ष्मी माविका प्रधानाध्यापक राजेन्द्र सापकोटा , बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रमिता भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने,अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि शाखा प्रमुख भट्टले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |