

धादिङ । सदरमुकाम धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माद्यमिक विद्यालयमा कक्षा ११ र १२ को इन्चार्ज र सहइन्चार्ज छनोट गर्न निर्वाचन गरिएको छ ।
विद्यालय प्रशासनले कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुको कक्षा इन्चार्ज चयन गर्नका लागि सोमबार निर्वाचन गरेको हो ।
विद्यालय प्राङगणमा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु तैनाथ थिए । मत हाल्नको लागि विद्यार्थीहरुको लाइन थियो, बुथ प्रतिनिधि पनि थिए, विद्यालयकै शिक्षक शिक्षिकाहरु विद्यार्थीहरुको नामनामेसी (मतदाता नामावली) भिडाइरहेका थिए ।
विद्यालय पोशाकमै रहेका केही विद्यार्थीहरु भने चुनाव चिन्ह अंकित विल्ला भिरेर आफनै सहपाठीहरुसंग मत मागिरहेका थिए। नेपालको संवैधानिक ब्यवस्था र निर्वाचन प्रक्रिया भन्ने पाठको ब्यवहारिक अभ्यासका लागि नमुना निर्वाचन गराइएको विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले बताउनुभयो ।
अहिले कक्षा ११ र १२ पढ्ने भाइवैनीहरु आगामी आम निर्वाचनमा मतदाता बन्ने र उनीहरुलाई मतदान प्रक्रिया कस्तो हुन्छ भन्ने ब्यवहारिक रुपमा बुझाउनको लागि नमुना निर्वाचन कार्यक्रममा सहभागी गराइएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
सोही निर्वाचन कार्यक्रमबाटै कक्षा इन्चार्ज, सहइन्चार्ज तहगत इन्चार्ज छनोट गरिएको थियो ।
निर्वाचन के हो, निर्वाचन कसरी गरिन्छ प्रक्रिया के के हुन्छ भन्ने सवै तरिका बुझाउनको लागि मतदाता नामावली प्रकाशित गर्ने देखि उम्मेद्वारका घोषणा पत्र बनाउने, मनोनयन दर्ता गर्ने, मत माग्नको लागि घरदैलो कार्यक्रम गर्ने, मतदान कार्यक्रम र मतगणना सम्मका सवै प्रक्रियामा विद्यार्थीहरुलाई सामेल गराइएको मतदान अधिकृत समेत बनेका शिक्षक राजेन्द्र बसौलाले बताउनुभयो ।
विद्यार्थीहरुले आफुले चाहेको पदमा उम्मेद्वारी दर्ता गरेपछि उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गरि मतपत्र समेत विद्यालयले नै छापिदिएको थियो ।
विद्यार्थीहरुले कलम, कापी, कम्प्युटर, क्यामेरा, मोवाइल, रेडियो जस्ता चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
कुल १२ सय १२ विद्यार्थी रहेको कक्षा ११ र १२ मा ५ सय ९० जना विद्यार्थीहरुले मतदान गरेका थिए ।
जसबाट कक्षा ११ र १२ को संयुक्त (प्लस टु) इन्चार्जमा किताव चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका सुन्दर तामाङ २ सय ४६ मत ल्याएर निर्वाचित हुनुभयो । सहइन्चार्जमा प्रदीप तामाङ भने निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै कक्षा ११ मा ३ सय ८ मत खस्दा इन्चार्जमा अस्मिता तामाङले १ सय ८६ मत ल्याएर विजयी हूँदा सह इन्चार्जमा भने रविना श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो ।
कक्षा १२ को इन्चार्ज बन्नको लागि भने ४ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए । कुल २ सय ८३ मत खसेको कक्षा १२ मा रेडियो चुनाव चिन्ह लिएका निखिल सुनारले ७३ मत ल्याएर विजयी हुनुभयो ।
कक्षा १२ कै सहइन्चार्जमा भने मोवाइल चुनाव चिन्हकी निरुता गुरुङले १ सय मत ल्याएर विजयी हुनुभएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।
हेर्नुहोस् भिडियो…….





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |