

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ५ स्थित बाग्वच्छला माध्यमिक विद्यालयमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।
मंगलबार गाउँपालिका अध्यक्ष विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत पालिका भित्रको सामुदायिक विद्यालयका ६-८ सम्म अध्ययनरत विद्यार्थीहरु बिच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
पालिका भित्रका १६ वटा विद्यालय सहभागी प्रतियोगितामा नलाङ मा.वि प्रथम, नलाङ आवि द्धितीय, महाकाली मावि तृतीय र मिन्दुका मावि सान्तवना भएको छ ।
प्रतियोगितामा नलाङ मा.विबाट राममाया सिंखडा, मज्जु श्रेष्ठ,नविना शाक्य, नलाङ आविबाट प्रिन्सु अर्याल,सरस्वती श्रेष्ठ,आयुष केसी, महाकाली माविबाट विनिता अधिकारी, अनिशा मगरानी,रशी न्यौपाने र मिन्दुका माविबाट दिपेश श्रेष्ठ, मिनिसा भट्ट, कुशुम घले सहभागी थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनेलाई प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले क्रमश नगद ३ हजार, २ हजार ५ सय, २ हजार र १ हजार पाँचसयसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले प्रतियोगिताहरूले विद्यार्थीको बाह्य ज्ञान वृद्धि विकासमा सेवा पुग्ने बताउनुभयो।
विद्यार्थीले सिकाइ किताबमा मात्रै सीमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने भन्दै उहाँले विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउनमा अतिरिक्त कृयाकलापको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |