

काठमाण्डौ । सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएसँगै झन्डै एक महिनादेखिको आन्दोलन स्थगित भएको छ ।
गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलन गर्दै आएका शिक्षकहरु हिजो सरकारसँग नौ बुँदे सहमति भएसँगै विद्यालय फर्कन थालेका छन् ।
उनीहरुको मुख्य माग रहेको शिक्षा विधेयक आउँदो असार १५ भित्रै पारित गर्ने प्रतिबद्धता आएको छ। योसहित अरु विभिन्न मागमा सहमतिपछि शिक्षक महासङ्घले झन्डै एक महिनादेखिको आन्दोलन स्थगित गरेको हो ।
शिक्षक आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान, पठनपाठन, एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित हुनुका साथै यसअघि वैशाख ११ गते हुने भनिएको १२ कक्षाको परीक्षा रोकिएको थियो । कक्षा १२ को परिक्षा वैशाख २१ गतेदेखि तोकिएकोमा अब नसर्ने निश्चित भएको छ ।
अब भोलिदेखि विद्यालयको नियमित शैक्षिक गतिविधि शुरू हुने नेपाल शिक्षक महासङ्घका पदाधिकारीले बताएका छन् ।
मन्त्रिपरिषद्बाट पारित नौ बुँदा सार्वजनिक गर्न गएराति अबेर शिक्षा मन्त्रालय, शिक्षक महासङ्घ र सत्तारूढ दल कांग्रेस, एमालेका सचेतक र शिक्षा, स्वास्थ्य समितिका सभापतिले संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |