

काठमाण्डौ । भाषा दिवसको अवसरमा बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर आज वैशाख २४ गते सार्वजनिक बिदा दिएको हो ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याइएको थियो ।
यसैगरी आज सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ ।प्रशासनले एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरु मात्र प्रवाह हुने जानकारी गराएको छ।
यसैगरी आज धादिङबेसीमा रहेको नीलकण्ठ बालमन्दिर माविले विद्यालय बन्द नगर्ने भएको छ।
२९ दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण विद्यालय बन्द भई सिकाइमा भएको क्षतिपुर्तिका लागि प्रदेश सरकारले सार्वजनिक विदा दिएपनि विद्यालय संचालन गर्न लागिएको प्रधानाध्यापक ध्रुव अधिकारीले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सूचना

नीलकण्ठ बालमन्दिर माविले जारी गरेको सूचना






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |