

धादिङ । धादिङ अस्पतालले बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ।स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले धादिङ अस्पतालले आफ्नै स्वामित्वमा काउन्टर सञ्चालनमा ल्याएको हो।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाका अनुसार यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने छन्।
अस्पतालले शुरु गरेको नयाँ सेवाले बीमित बिरामीहरूलाई अस्पताल परिसरमै औषधि प्राप्त गर्न सहज बनाएको उहाँको भनाई छ ।
अस्पताल फार्मेसी सञ्चालनमा जनशक्ति अभाव, औषधि आपूर्ति, र व्यवस्थापन जस्ता चुनौतीहरू रहेपनि नागरिकलाई सहज रुपमा सेवा लिने वातावरण बनाउन छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको अध्यक्ष सापकोटाको भनाइ छ ।
काउन्टर शुभारम्भ कार्यक्रममा अस्पतालका निर्देशक डा.गगनकुमार अधिकारीले छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।
अस्पतालले सेवा सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै डा.अधिकारीले धादिङ अस्पतालको यो पहल स्वास्थ्य बीमा कार्यक्रमलाई जनमैत्री बनाउन र आम नागरिकलाई सरकारी स्वास्थ्य सेवामा विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |