

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ स्थित त्रिशुलीकिनार नजिकै गलौंदीमा जलउत्पन्न प्रकोप सम्बन्धी संयुक्त कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
सोमबार शसस्त्र प्रहरी बल नेपाल आश्रित धादिङ र नेपाली सेना अन्तर्गत श्री भैरव गण गजुरी ब्यारेकको संयुक्त आयोजनामा पानी र यसले सिर्जना गर्ने विपदमा गरिने उद्धारको अभ्यास गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे रहेका थिए भने विशिष्ट अतिथिका रुपमा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य तथा नेपाली सेनाका सहायक रथी सुवास जंग थापा उपस्थित थिए।
त्यस्तै, थाक्रे, गल्छी, गजुरी, बेनिघाट र सिद्धलेक गाउँपालिकाका अध्यक्षहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, जिल्ला रेडक्रस सोसाइटी तथा नेपाल पत्रकार महासंघ धादिङका प्रतिनिधिहरू, सरोकारवालाहरू र जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
वक्ताहरूले मनसुनको समयमा देखिने सम्भावित जलउत्पन्न विपद् विगतका वर्षहरू भन्दा जटिल हुन सक्ने पूर्वानुमान गरिएको भन्दै, विपद् व्यवस्थापनमा ‘के गर्ने, कसले गर्ने, कहिले गर्ने’ भन्ने कुरा स्पष्ट हुनुपर्नेमा जोड दिए। प्राथमिक उपचार टोलीसँग कसरी सम्पर्क गर्ने भन्ने विषयमा समेत अभ्यासमा जानकारी दिइएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पृथ्वी राजमार्गका करिब २० स्थान जोखिमयुक्त रहेको जानकारी दिँदै, ती क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको बताए। साथै, ड्युटीमा खटिएका कर्मचारीहरूका लागि वृत्ति विकासका अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
जिल्ला विपद् व्यवस्थापन समिति, धादिङले अग्रीम तयारीका लागि नीति–नियम तय गरिसकेको जनाइएको छ।
तथापि, सूचना, समन्वय र सहकार्यको अभाव अझै देखिएको भन्दै भविष्यमा सबै निकायबीच मजबुत समन्वय आवश्यक रहेको सुझाव दिइयो।
विपद्का बेला जनधनको सुरक्षा पहिलो प्राथमिकता हुने भन्दै अभ्यासको माध्यमबाट चेतना अभिवृद्धि र तयारीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |