

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा न २ नलाङ ठाँटीभन्ज्याङ रहेको सिद्धेश्वर माध्यमिक बिद्यालयमा आईतबार भएको एक भेलाले अक्षयकोषको बिधान पारित गरेको छ ।
बिद्यालयका अभिभावक, शिक्षक, सरोकारवाला, वडा जनप्रतिनिधी र अक्षयकोष कर्ताको भेलाले बिधान पारित गरेको बिद्यालयका प्रधानाध्यापक हरि बहादुर सिलवालले जानकारी दिनुभयो ।
भेलाले बिद्यालयमा अक्षय कोष स्थापनाको लागि तथर्द समिति गठन गरेको छ ।
अक्षयकोष कर्ता एवम शिक्षक बलराम अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तथर्द समिति गठन गरिएको हो ।
समितिको सचिवमा बिद्यालयका प्रधानाध्यापक हरि बहादुर सिलवाल, कोषाध्यक्ष बिद्यालयका लेखापाल पदमराज सिलवाल, शिक्षक प्रतिनिधी रगंनाथ रेग्मी, बिद्यालय व्यवस्थापन समितिका तर्फबाट हरिहर मल्ल र अक्षयकोषकर्ताबाट अप्सरा अर्याल र गोकर्ण अधिकारी चयन हुनुभएको छ ।
अहिले तथर्द समिति गठन गरिएको र ६ महिना पछीको भेलाले सञ्चालक समिति गठन गर्ने प्रधानाध्यापक सिलवालले बताउनुभयो ।
समितिको साधारण सदस्य बन्न चार हजार र संस्थापक र आजिवन सदस्य बन्नको लागि बिस हजार लाग्ने प्रधानाध्यापक सिलवालको भनाई छ ।
बिद्यालयमा हाल दुई वटा ‘वैकुण्ठ अर्याल’ स्मृती अक्षय कोष (एक लाख पचास हजार) र ‘स्व.चुडामणी अधिकारी’ स्मृति अक्षयकोष (एक लाख एघार हजार एक सय एघार) रहेको प्रधानाध्यापक सिलवाले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |