

धादिङ । धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण भएको छ ।
बुधबार धादिङबेसीमा एक कार्यक्रमका बिच बागमति प्रदेशमै पहिलो पटक धादिङ जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो ।
कार्यक्रममा बागमति प्रदेशको स्वास्थ्य मन्त्रालयले जिल्लालाई प्रमाणपत्र दिदै औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यो महत्वपूर्ण उपलब्धिको घोषणा गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभालाई सम्बोधन गर्दै पूर्ण खोप सुनिश्चितता अभियानमा धादिङले देखाएको सक्रियता र नेतृत्वको प्रशंसा गर्नुभयो ।
प्रदेशका अन्य जिल्लाहरूका लागि प्रेरणादायक उपलब्धि धादिङले देखाएको भन्दै मन्त्री थापाले तीनै तहको सरकारको सहकार्य बिना दिगो सुधार सम्भव नरहनेमा जोड दिनुभयो ।
प्रदेश सरकारले स्वास्थ्यको सबै क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री थापासहित सरोकारवालाहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।
नीतिगत निर्णय, नेतृत्व र स्थानीयस्तरमा खोप सेवा विस्तारमा देखिएको समर्पणलाई उच्च मूल्याङ्कन अभियान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने पालिका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू र अन्य सरोकारवालाहरूलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।
कार्यक्रमले धादिङ जिल्लामा स्वास्थ्य सेवामा स्थानीय स्वामित्व, समावेशी सहभागिता र दिगो सहकार्यको अभ्यास स्थापित भएको प्रमाणित गरेको छ ।
धादिङको सफलताको आधारमा अब अन्य जिल्लाहरूमा पनि समान प्रतिबद्धता र समन्वयमार्फत पूर्ण खोप सुनिश्चितताको अभियान विस्तार गर्ने अपेक्षा गरिएको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको समारोहमा जिल्लाको स्वास्थ्य अवस्थाको चर्चा गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सरकारको तर्फबाट थप प्रोत्साहनको कार्यक्रम ल्याउन समेत आग्रह गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |